• २०८१ माघ २७ आइतबार

‘गुन्जन साहित्य पुरस्कार’ राधेश्याम लेकालीलाई प्रदान

गुञ्जन-नारी साहित्यिक संस्थाले आज साहित्यकार राधेश्याम लेकालीलाई ‘गुन्जन साहित्य पुरस्कार २०८०’बाट सम्मानित गरयो ।

गुन्जनकी अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्री, वरिष्ठ कवि द्वारिका श्रेष्ठ र वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठले नगद दस हजार राशीसहित सो सम्मान प्रदान गर्नु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्रीले नारीवाद विषयमा आफ्नो धारणा राख्नु भएको थियो । संस्थाकी महासचिव सुस्मिता नेपालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।