• २०८१ चैत ११ मङ्गलबार

रोज् रोज् दर्शन पाउँछू

भानुभक्त आचार्य

भानुभक्त आचार्य

रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु ।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी ।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी ।

जागिर् छैन धनी म छैन घरको केबल् कुदालो खनी,
खान्थ्याँ दुक्ख गरेर चाकरि गर्याँ मान् पाउँला की भनी ।
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि ।
मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी ।

बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली ।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि ।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।

 


भानुभक्त आचार्य