• २०८१ असोज २८ सोमबार

’यशस्वी पुस्तक पुरस्कार २०८१’ को लागि पुस्तक आह्वान 

काठमाडौं ।
यशस्वी प्रज्ञा प्रतिष्ठानले यशस्वी पुस्तक पुरस्कार २०८१ का लागि पुस्तक पठाउन सबै लेखक तथा प्रकाशकहरूलाई अनुरोध गरेको छ । फाउन्डेसनले सार्वजनिक विज्ञप्तिमार्फत पुस्तक माग गरेको हो ।
२०८० चैत्रको अन्त्यसम्ममा नेपाल र नेपाल बाहिर प्रकाशित नेपाली लेखकहरूले लेखेका नेपाली भाषा र अंग्रेजी भाषाका पुस्तकहरू तीन वटा प्रति यशस्वी प्रज्ञा प्रतिष्ठानको कार्यालय घाटेकुलो, काठमाडौंमा २०८१ असार २१ गते शुक्रबारसम्म पुरयाउन अनुरोध गरिएको छ ।
यसरी सहभागी पुस्तकहरूमध्ये कथा, गैर–कथा, कविता, इतिहास/संस्कृति/अनुसन्धान र अनुवाद/विभिन्न विधाका पाँच उत्कृष्ट पुस्तकलाई पुरस्कृत गरिनेछ । सम्मानित पुस्तकलाई २०८१ भाद्र २२ गते शनिबार हुने तेस्रो काठमाडौं कलिङ–साहित्य महोत्सवमा पुरस्कृत गरिने छ । २० हजार नगदसहित सम्मान पत्र प्रदान गरिने यशस्वी प्रज्ञा  प्रतिष्ठानकी निर्देशक रञ्जना निरौलाले जानकारी दिईन ।