समाचार

२०८१ वैशाख ३१, काठमाडौं ।
नारी स्रष्टा समाजद्वारा कथाकार रमेन्द्र कोइरालाको जडौरी लघुकथासङ्रग्रह लोकार्पण गरिएको छ । ममता मृदुलको सभापतित्वमा सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि साहित्यकार श्रीओम श्रेष्ठ रोदन रहनु भएको थियो ।
कार्यक्रममा साहित्यकारहरु प्रा. डा. गोविन्दमान सिंह कार्की, तुलसिहरि कोइराला, दीपक लोहनी, रमेन्द्र कोइराला, यमुना प्रधानाङ्ग, खगेन्द्र बस्याल, रामकुमार पण्डित, शान्ता तिम्सिना र गङ्गा भेटवालले कृतिका बोल्नु भएको थियो ।
यसैगरी कार्यक्रममा स्वागत मन्तव्य बिन्दु अधिकारी ढकालको रहेको थियो । सोही कार्यक्रममा बिन्दु अधिकारी ढकाललाई विशेष सम्मान पनि गरियो ।
कार्यक्रममा विनोद नेपाल, दिव्य गिरी, सुनिता निरौला, विष्णु उप्रेती, निर्मला बराल, कल्पना भण्डारी, विक्रमभक्त जोशी, कात्यायन, पवन बुढाथोकी, श्रीबाबु कार्की, श्रीराम राई, मन्दिरा चापागाईं, नवराज पोखरेल, अन्जु शर्मा, कमला पराजुली, एन्जल नीलु, शान्ति भण्डारी दाहाल, सावित्रा कोइरालालगायतको उपस्थिति रहेको थियो ।