लघुकथा

आमा बितेपछि बाको स्यहार गर्न उनीहरूलाई अप्ठ्यारो भयो । बुहारीले प्रस्ताव गरी ( अब बालाई सम्पन्न बृद्धाश्रममा राखौ ।
छोरोले निर्यण गर्यो ( हुन्छ ।
दुबै मिलेर बृद्ध बाबुलाई भने ( बा, हामी तपाईलाई महड्गो आश्रममा राखिदिन्छौ । हामीसंग समय नभएर यहॉ हजुरको स्याहार पुगेन ।
छयासी वर्षीया वृद्धले हुन्छु भन्ने आसयमा निरीह टाउको हल्लाए ।
छोरा र बुहारीले बाको लागि
– राम्रो सिरक र डस्ना छानिदिए ।
– दरिलो लौरी र ऑखा अनुरुपको पावरफूल चस्मा किनिदिए ।
– एक्लोपन नहोस् भनी एउटा वर्जिनल रेडियो राखिदिए ।
– सधै बिहानै पाठ गर्ने श्रीमद् भागवत गीता र बेलाबेला टिपोट गर्न कापी र कलम हालिदिए ।
छोरा बुहारी सम्पन्न थिए ।
– किनिदिए थर्मस, कप र हटब्याग ।
– जुटाइदिए मौसम अनुरुपको लत्तारकपडा ।
– हालिदिए काजु, दाख, किसमिस र पेस्ता ।
र, राखिदिए गोजीमा सेलफोन र केही पैसाहरू ।
अनि, कार चढाएर लगे वृद्धाश्रम ।
छुट्टिने बेलामा छोरोले बालाई ढोक्दै भन्यो (बा, यो पैसा तिर्नु पर्ने महड्गो वृद्धाश्रम हो । यहॉ सबै सुबिधाहरू पाइन्छन् । तैपनि हजुरलाई केहीको अभाव खड्किए तुरुन्त मलाई भन्न्नु होला, म ल्याइहाल्छु ।
एक हप्तापछि बाले छोरोलाई फोनबाट आग्रह गरे –
बाबू, मलाई सानी नातिनी र एकटुक्रा ऑगन तुरुन्त पठाइदे न, यहॉ त समय बिताउन साह्रै गाह्रो पो हुँदोरहेछ ।
कुरिलो घर काठमाडौं ।