• २०८१ श्रावाण ११ शुक्रबार

‘लेखक कृति पुरस्कार – २०७९’ प्रदीप रोदनलाई प्रदान

पोखरा ।

नेपाली लेखक संघ, कास्कीले हरेक वर्ष प्रदान गर्ने ‘लेखक कृति पुरस्कार – २०७९’ प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’ लाई प्रदान गरिएको छ ।पोखरामा आयोजित एक समारोहमा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले सो पुरस्कार अर्पण गरेका हुन् ।

सोही अवसरमा साहित्य क्षेत्रमा विशिष्ट योगदान गरेकामा स्याङ्जाका सर्जक विश्वप्रेम अधिकारीलाई ‘स्रष्टा सम्मान’ अर्पण गरिएको थियो । पुरस्कार एवम् सम्मान अर्पण गरेपछि प्रमुख अतिथिका रूपमा बोल्दै नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले मन्दिरको जगजस्तै नदेखिएरै गजुरलाई उभ्याइरहने व्यक्तित्वलाई सम्मान गर्न पाउनु आफ्नो सौभाग्य भएको बताए ।