• २०८२ आश्विन २३, बिहीबार

दीपक समीपको लघुकथासंग्रह ‘नदीको राजमार्ग’ लोकार्पण

काठमाडौं।

पोखरामा बसेर तीन दशकभन्दा लामो समयदेखि कविता, गजल, मुक्तक र लघुकथा साधनामा सक्रिय स्रष्टा दीपक समीप आफ्ना शक्तिशाली लघुकथाको सङ्गालो ‘नदीको राजमार्ग’ लिएर पाठक माझ आएका छन् ।

चोटिला एव्म प्रभावशाली लघुकथा लेखन उनको विशेषता उनको नयाँ पुस्तकमा ६६ ओटा लघुकथा छन् । शनिबार काठमाडौंको सर्बनाम थिएटरमा प्रकाशक पेज टर्नरले आयोजना गरेको लोकार्पण कार्यक्रममा विज्ञले मुग्धकण्ठले उनको तारिफ गरे ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, समीक्षकहरु डा. ज्ञानु अधिकारी, डा. ईश्वरमणि अधिकारी, आख्यानकार भुवनहरि सिग्देल, नियात्राकारहरु प्रतीक ढकाल, भवानी खतिवडालगायतले समीपका लघुकथाको प्रशंसा गरेका हुन्  ।