• २०८१ फागुन १ बिहीबार

खेम बगरको गजलसंग्रह “आँखा” सार्वजनिक

काठमाडौं ।

युवा गजलकार खेम “बगर”को पहिलो गजल कृति “आँखा”को लोकार्पण गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा सो गजल सङ्ग्रह लोकार्पण गरिएको हो । ‘बगर’को गजल कृति ‘आँखा’ मा १०१ वटा गजल समावेश छन्। साहित्यकार ‘जीवनपानी’ले लोकार्पित गजल सङ्ग्रहका बारेमा बोलेका थिए भने लेखक “बगर”ले कार्यक्रममा एकल गजल वाचन समेत गरेका थिए । गजल सङ्ग्रह काबु क्रिएशनले बजारमा ल्याएको हो ।