• २०८१ माघ २७ आइतबार

“स्वीकारोक्ति सिद्धि पुरस्कार” लीलबहादुर क्षेत्रीलाई समर्पण

मंसिर २०८०, गुवाहाटी ।

स्वीकारोक्ति फाउन्डेसनले सन् २०२२ मा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा सम्पन्न जिविएलओको अन्तरराष्ट्रिय सम्मेलनका अवसरमा घोषित “स्वीकारोक्ति सिद्धि पुरस्कार” लीलबहादुर क्षेत्रीलाई समर्पण गरेको छ । नेपाली ६ लाख अर्थात् भारु ३ लाख ७५ हजार स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ र स्विकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क ,समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले समर्पण गरे ।

सो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यतामा सम्पन्नभएको थियो । नेपाली साहित्यको पुस्तक बिक्रीमा कीर्तिमान राख्ने “बसाईं” उपन्यासका स्रष्टा हुन् लीलबहादुर क्षेत्री । सो उपन्यास विभिन्न भाषामा अनिवाद हुनुका साथै सोही उपन्यासको आधारमा चलचित्र समेत बनेको छ ।

स्वीकारोक्ति फाउन्डेसनको ११ औ बार्षिक उत्सवको अवसरमा आयोजना भएको विश्व यात्रा २०२३ नेपालको झापा बेलडाँगीबाट सुरु भइ नेपालका विभिन्न शहरमा कार्यक्रम गर्दै भारतको दार्जिलिङ, सिक्किम हुदै गुवाहाटी पुगेको अवसरमा सो कार्यक्रमको आयोजना गरेको थियो ।