समाचार

गोरखा नगरपालिका ३ होल्सिङ घर भई हाल काठमाडौँ बस्ने कवि दयाराम अर्यालद्वारा रचित अतीतका थुँगाहरू कवितासंग्रहको सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्राज्ञ विष्णु प्रभातको अध्यक्षता र प्रज्ञा परिषद साहित्य विभाग प्रमुख सदस्य बाबा बस्नेतको प्रमुख आतिथ्यतामा लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा कविको व्यक्तित्व र कृतित्वका बारेमा कवि तथा साहित्यकार हरिहर अर्याल, हरिप्रसाद घिमिरे, शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठप्रसाद अर्याल, नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापा, साहित्यकार सीताराम अधिकारी, दण्डपाणी अर्याल स्मृति केन्द्रका अध्यक्ष ईश्वरचन्द्र बानियाले मन्तव्य व्यक्त गरेका थिए ।