• २०८१ बैशाख १६ आइतबार

नियात्राकार प्रतीक ढकाललाई अब्दुल कलाम आजाद अन्तर्राष्ट्रिय पुरस्कार

स्रष्टा प्रतीक ढकाल “डा. एपीजे अब्दुल कलाम आजाद अन्तर्राष्ट्रिय पुरस्कार”बाट सम्मानित भएका छन् । भारतको डा। एपीजे अब्दुल कलाम फाउण्डेसनले कोलकातामा आयोजिता कार्यक्रमका बिच सो पुरस्कारबाट ढकाललाई सम्मान गरेको हो ।

कलकताको हावडास्थित शरत् सदनमा आयोजित कार्यक्रममा पश्चिम बंगाल सरकारका मन्त्री जेबी जावेद अहम्मद खानले माल्यार्पण गरी मन्चमा बोलाइएका ढकाललाई त्रिपुरा युनिभर्सिटीका कुलपति प्रा।डा। गंगाप्रसाद प्रसाईँले सम्मानपत्र अर्पण गरेका थिए ।

संसारको सम्पतिको रूपमा रहेका नेपालका हिमाललाई निरन्तर लेखिरहेका नेपाली स्रष्टा प्रतीक ढकाल मीठो शब्द र सरल शैलीमा समाज, प्रकृति र जीवनलाई नियात्रामा उतार्छन् । लामो समय निजामती सेवामा क्रियाशील रही निवृत्त भएका ढकालका त्यो उज्यालो कर्णाली, हिमालपारि पुगेपछि, आनन्दभूमिको आँगनलगायत नित्राया कृतिहरू प्रकाशित छन् ।