काठमाडौँ । नेपाल निजामति कर्मचारी सङ्गठन केन्द्रले भानु जयन्तीका अवसारमा ‘स्रष्टा सम्मान’ र खुला कविता प्रतियोगिता कार्यक्रमको आयोजना गर्देछ । भानु जयन्ती एवं मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस २०८० को सन्दर्भमा हुने उक्त कार्यक्रममा साहित्यकारद्वय भागीरथी श्रेष्ठ र मञ्जुललाई ‘स्रष्टा सम्मान’ प्रदान गर्न लागिएको आयोजक संस्थाले जानकारी गराएको छ ।
यसअघि सङ्गठनले सूचना जारी गरी खुला कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको थियो । करिब १०० भन्दा बढी कविका कविताहरू प्राप्त भएकामा उत्कृट १५ वटा कविका कवितालाई छनोट समितिले छनोट गरेको छ ।