• २०७९ माघ २४ मङ्गलबार

किशोर पहाडीलाई ‘चक्रपाणि स्मृति सम्मान’ प्रदान गरिने

चक्रपाणि चालिसेको स्मृतिमा प्रदान गरिने ‘चक्रपाणि स्मृति सम्मान’ २०७९ द्वारा वरिष्ठ साहित्यकार तथा रङ्गकर्र्मी किशोर पहाडीलाई सम्मानित गरिने भएको छ । साहित्यकार एवं साहित्यिक पत्रकार किशोर पहाडी ‘शब्दपथका प्रधान सम्पादक हुन् ।
प्रतिष्ठानका का.वा. अध्यक्ष सुवासचन्द्र ढुंगेलद्वारा हस्ताक्षरित सूचनामा चक्रपाणि चालिसेको जन्मस्थान भक्तपुर कटुञ्जेमा एक कार्यक्रम गरेर आगामी कार्तिक २० गते पहाडीलाई सम्मानित गरिनेछ ।