• २०८१ असार २७ बुधबार

प्रार्थना

अल–सादिक अल–रादी

अल–सादिक अल–रादी

मसी
र आँसुका बीच
डटेर उभिएको छ
प्रश्न

आफ्नो शिर
ठाडो पारेर
सम्पूर्ण दिव्यताका साथ
गरिरहेछ
साष्टाङ्ग प्रणाम

यसको
दिव्य आह्वानले
आलोकित हुन्छ
पृस्ठ ।

अनुवाद: राजेन्द्र शलभ