• २०७९ असोज १६ आइतबार

तिम्रो अँगालोमा

मिक्लोस रादनोती

मिक्लोस रादनोती

म निदाउँछु तिम्रो अँगालोमा
आनन्द छ यसमा

तिम्रो अँगालोमा हुँदा बन्छु
म एउटा सानो बाबु
जो मौन बस्छ

मेरो अँगालोमा
तिमी बन्छौ सानो नानी
जसलाई म सुन्छु ध्यानले

जब डराएको हुन्छु म
तिमी लुकाउँछौ
मलाई आफ्ना अँगालोमा

र जब म तिमीलाई राख्छु
मेरो आफ्नो अँगालोमा
मलाई कुनै पनि कुराको डर लाग्दैन

तिम्रो अँगालोमा
मृत्युको कहालीलाग्दो मौनले पनि
तर्साउन सक्दैन मलाई

तिम्रो अँगालोमा हुँदा
म मृत्युलाई पनि पराजित गर्न सक्छु ।

यो मेरो सपना हो ।

अनुवाद: राजेन्द्र शलभ