आख्यान–श्रृङ्खला

जसरी कमिला फर्किन्छन्
दुलोमा
काठफोडा चरा फर्किन्छ
काठतिर
हवाईजहाज फर्किन्छ एकएक गर्दै
रातो आकाशमा पखेटा फिँजाएर
विमानस्थलतिर
ए मेरो भाषा
म फर्किन्छु तिमीमा
जब मौन रहँदारहँदा
प्राणहीन हुन्छ मेरो जिब्रो
अनि दुख्न थाल्छ
मेरो आत्मा ।
अनुवाद: रमण घिमिरे