हिन्दी लेख

जब तपाईं निदाउनु भएको हुन्छ
त्यति वेला पनि आफ्नो एउटा आँखालाई
जागा राख्नुहोस्
कुनै पनि वेला जब खतरा आउँछ
ऊ साक्षी बन्न त सक्छ ।
जब तपाईं निदाउनु हुन्छ
एउटा हात चनाखो भइरहनुपर्छ
किनभने यदि कुनै डाका आयो भने
त्यसले तपाईंलाई बचाउन सकोस् ।
जब तपाईं निदाउनु भएको हुन्छ
एउटा कान सर्तक भइरहनुपर्छ
यदि कसैले केही कानेखुसी गर्यो भने पनि
त्यो रहस्य त्यसले सुन्न सकोस् ।
यदि तपाईं मर्नुभयो भने पनि
मरी नहाल्नोस्
मृत्युलाई यति छुट पनि नदिनोस्
कि त्यसले तपाईंलाई मारी नै देओस् ।
अनुवाद: राजेन्द्र शलभ