• २०८१ श्रावाण १ मङ्गलबार

घर

लेस मुरे

लेस मुरे

घर हो
पहिलो र अन्तिम कविता
बीचका हरेक कविताहरू हुन्
आमाको घरका
मात्र धर्साहरू ।

घर हो सबैभन्दा कमजोर शत्रु
जस्तो कि पग्लिँदो- फलाम
तर युद्ध घरका विरूद्ध
हो पदयात्रा- सबैभन्दा लामो ।

घरका छिमेकी हुँदैनन्
रूख वा साइनबोर्डभन्दा पनि
कमजोर हुन्छन् तिनीहरू
आफ्ना तिनै हुन्
जो फर्केर आउँछन् ।

र फेरि त्यसको तत्काल पछि
आफ्नो उदास अनुहारलाई
सिरकभित्र घुसारेर
उडाउने गर्छ बिजुलीजस्तो हवाईजहाज
रोमान्टिक चीजहरूसँगै
घर फर्किनुपर्ने हो- भावहरूलाई
अन्तिम निर्णयको- तत्कालपछि ।

हुनसक्छ, प्रेम होस् यति धेरै
एकदम ताजा र तरल
कि जो पनि छन् घरमा
तिनीहरूलाई देओस् एउटा नयाँ ऊर्जा ।

अनुवाद: राजेन्द्र शलभ