• २०८० असोज १५ सोमबार

गीत

डम्बर बिकेल

डम्बर बिकेल

कबड्डी खेल्छु तिमीसँगै लुकामारी खेल्छु तिमीसँगै
खोपी खेल्दै कहिले गुच्चा खेल्दै अहिले प्रेम गर्छु तिमीसँगै

किताब पढ्न बस्छु तर म त पानाभरि तिमी देख्छु
बस्छु होमवर्क लेख्न तर उत्तर तिम्रै नाम लेख्छु
डण्डिबियो खेल्छु तिमीसँगै चोर पुलिस खेल्छु तिमीसँगै
खोपी खेल्दै कहिले गुच्चा खेल्दै अहिले प्रेम गर्छु तिमीसँगै

बाबा मामु भन्नुहुन्छ म बन्नु रे किताबको किरो
म त तिम्रै हिरोनी तर तिमी भने मेरो हिरो
भलिबल खेल्छु तिमीसँगै फुटबल खेल्छु तिमीसँगै
खोपी खेल्दै कहिले गुच्चा खेल्दै अहिले प्रेम गर्छु तिमीसँगै

डम्बर बिकेल