• २०८१ भाद्र २५ मङ्गलबार

गीताश्री शर्माको कथासंग्रह ‘समयका रेखाहरुका’लोकार्पण

३ असार, काठमाडौँ ।

‘पूर्णप्रकाश नेपालयात्रि अधययन अनुसन्धान केन्द्र’को आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष सम्मान तथा लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । विभिन्न स्रष्टासम्मान सहितको उक्त कार्यक्रममा सिक्किम निवासी साहित्यकार गीताश्री शर्माको कथासंग्रह ‘समयका रेखाहरुका’ लोकार्पण गरिएको छ ।

पूर्णप्रकाश नेपालयात्री अध्ययन तथा अनुसन्धान केन्द्रले साहित्यकार एवम राष्ट्रवादी चिन्तक डा. मोदनाथ प्रश्रीत तथा आयमेली कवि एवम अनुसन्धाता श्री वैरागी काईलालाई यात्रीवाङय पुरस्कार (२०७७ र २०७८) तथा श्री रश्मिदेवी अधिकारी र श्री चुडामणि काफ्लेलाई यात्री विद्यापदक समर्पण गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतीले गर्नुभएको थियो भने कार्यक्रमका विशिष्ट अतिथीहरु कवि बैरागी काइँला, तुलसीप्रसाद भट्टराई, लक्ष्मी माली, डा. चुडामणी रेग्मी, जगत प्रसाद उपाध्याय, प्रमोद प्रधान, पुण्य शर्मा, डा. शैलेन्दुप्रकाश नेपाल, डा. देवी नेपाल, गीताश्री शर्मा लगायतले पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

कथासंग्रहको समीक्षा साहित्यकार अनुपमा रेग्मीले गर्नुभएको थियो । शर्माका कथाहरु यथार्यमा आदर्श मिसिएका पठन्योग्य र स्तरीय रहेको कुरामा जोड दिनु भएको थियो । साहित्य साधनामा साधनारत साहित्यकार गीताश्री शर्माको हाल सालै रम्बास् कवितासंग्रह प्रकाशित भएको छ । कार्यक्रमको सभापतित्व पुर्णप्रकाश नेपालयात्रि अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले गर्नुभएको थियो ।