सानैदेखि सुन्दै आएको थिएँ
देशले रगत मागे, मलाई बली चढाउनु..
सुन्दै आएको थिए
म मरे पनि मेरो देशबाँची रहोस…
फगत अल्मलाउने शब्दहरू मात्र रहेछन्
आफैँले देखेको थिए
छत्तिस सालमा देशको लागिबलि चढेकाहरु
सुनेको थिए नेताहरुकोभाषण
देशलाई स्वर्ग बनाउँछु भनेको
फगत भ्रमको खेतीमात्र रहेछ
पञ्चायमापञ्चेहरुले पञ्चशीलको नाममा
खुलेआम हिंस, चोरी डकैती गरीरहे
बहुदलल्याउलान,
जनताले सुख पाउलानको
भ्रममा म जस्ता धेरै
नेताहरुको पछिलग्गु बनेको पनि देखँे मैले
वास्तविकता अर्के हुँदो रहेछ
एकपछि अर्को नेता जन्मँदै जाने
एकपछि अर्कोदलबन्दै जाने
आफ्नै स्वार्थ र परिवारवादमा
देश त मनोज गजुरेलको कविता जस्तै
टुक्रा पारेर काट्दै खाने
जन्मदिनको केकबन्दै जाँदोरहेछ
प्रत्येक कटाईमा जनताको रगत चुहिएको
नदेख्ने धृतराष्ट्र सरहका नेताहरु
दुर्योधनलाई पोस्न
बनेका सबै कलकारखानाहरु
बनेका सबै उद्योग धन्दाहरु
बन्द गराएर
पशुपतिको शब्दमा
लुट्ने छुट पाएकाहरूले
जन्मदिनको केक सरह काटेर
खाँदै गईरहे
देशकालागि
बलि चढेकाहरुलाई बोका बनाएर
काट्दै गईरहे
बाँड्दै गईरहे
अनिहामीकिंकर्तव्यविमूढ बनेर
तमासा हेर्दै छारो उडाउँदै छौं ।
आप्रवासमा पनि
देश बिगारेको दलको शाखाखोलेर
आफ्नै समुदायका बीच पर्खाल ठडाउँदै गैरहेका छौं
प्रजातन्त्र गणतन्त्र लोकतंत्रको लालीपोप खुवाएर
जनतालाई साम्यवाद र सर्वहाराको नारामा अल्मलाएर
खुलेआम लुट मच्चाएका छन् ।
सत्ते सत्ते धरोधर्म
ढाँटेको हैन, सत्य बोलेको हो
देशका विज्ञहरु समेत नेताको हनुमानबन्दै गएपछि
युवाहरु पलायनहुँदै गएका छन् ।
देशमा युवाहरुको खडेरी परेपछि
बुढा नेताहरुनै सत्ताको दोहरी खेल्दैछन्
पालैपालो देश दोहनगर्दै जान्छन् ।
देश बनाउन नसके पनि
विन्ति छ देश नबिगार
त्यसैले सत्ते सत्ते धरोधर्म
बुढा नेताहरु नमरीकन
देशको भलो हुँदैन
मक्की सकेको रुख नढलेसम्म
नयाँ विरुवा पलाउँन पाउँदैन
सामन्ति मास्ने भाषण सुनाएर
जनतालाई अल्मलाएर
सत्तासिन बनेका नेताहरू ननासिएसम्म
देशले काँचुली फेर्न सक्दैन
त्यसैले !
उठौँ जाँगौं अघि बढौँ
आऊ मिलाउँ फेरी हातहरू
फेरी प्रदेशलाई जोडेर
एउँटै विशाल नेपाल बनाऊ
भ्रमको क्रान्तिले हैन
विवेकशील शान्तिले देश बनाऊ ।
डा. गोविन्दसिंह रावत, क्यानडा