कविता

इनार खन्दैछु
पुरिएको एउटा शब्द खोज्न ।
यदि त्यो भेट्टियो भने
शब्दले नै इनारको मुख थुन्नेछ ।
यदि भेटिएन भने
त्यो इनार खुल्लै रहने छ सधैँ
मेरो बोलीमा ।
पुरिएको खोज्नु
विफल शून्यलाई स्वीकार गर्ने
एउटा बहाना मात्र हो ।
अनुवाद: राजेन्द्र शलभ