कविता

शब्दको शीत
ओसिलो बनाउँछ
मनको धर्ती ।
युगभित्रको
युगौंयुग हौ तिमी
म एक पल ।
सम्झनामा छ
पानीले लेखको त्यो
प्रेमको गीत ।
नदेख्नु तिमी
बरालिंनु यो मन
प्रेमको नशा ।
अभिलाषामा
आकांक्षाका लहर
उफ ! सपना
रञ्जना निरौला, काठमाडौँ
[email protected]