• २०८१ भाद्र २७ बिहीबार

छ तर छैन !

लोक जोशी

लोक जोशी

छन् तर छैनन् पनि
छ त बा- आमाका निम्ति छोरा
हुर्काउने रहर छ
छैन त केवल सन्तान बिर्सी आफ्नो
स्वार्थ पूरा गर्ने रहर,
थिए र थिएनन् पनि
आफ्ना गनिएकाहरु वचनको
धार बोकेका ।

छ र औधी छ
आमाको ममता
बुवाको त्याग
समाजको आलोचना
र यसरी नै हुर्किदै छ
कतै अलिक डगमगाउदा पाइलाहरु
तकतै अलिक सम्हालिदै छ
एक नाबालक छोरा
आमाको काखदेखि बुवाको काधसम्मको
आकास हेर्दै रमाउँदै ।

छन् छन त तर लुकेका छन्
केहि चप्पलको मुनि
केहि आँखाभित्र पानी बनि
केहि हलो, कोदाली सङ्गै
बा’का फाटेका पैतला,
आमाका नबुझिएका पीडा ।

केहि खास छ र पो आश छ
जिन्दगी जिउनुको,
र छुट्टै मज्जा छ त्यो त्याग सङ्गै
एक सर्को दुःख पिउनुको ।

अडिएको छ एक मसिनो धागोमा
झुन्डिएको तरवारझैं
र पो प्रयास चलिरहेछ हरेक दिन
हरेक रात आजभन्दा अलिक थोरै बाच्ने,
खेल्दै छन् बा-आमा एक-आपसमा
गज्जबको खेल
गन्दैनन् सन्तानका निम्ति कसले कति त्याग्ने ।


लोक जोशी
[email protected]