• २०८१ माघ २७ आइतबार

गीत

धनराज गिरी

धनराज गिरी

गुनासो छ केही भने भन्नु पर्छ खुली !
आफन्तमा बढ्न हुन्न मौनताको चुली !

नाता अमृत जिन्दगीमा भए हृदयको
हार्दिकता भरोसा हो तीतो विगत भुली

गलत फहमीको सिकार हुन्छ जिन्दगानी !
कैले टोपी बटारिने कैले ठुस्स फुली !!

ठूले पनि नबुझेर बन्छ अहंकारी !
पहाडमा घमण्डको चढ्न सक्छे ठूली !

सम्वादले दिन्छ निकास विकाश हुन्छ नाता
बस्न हुन्न घरभित्र लोभी पापी हुली !!


धनराज गिरी
[email protected]