समाचार

काठमाडौँ/२५ फागुन, २०७८
११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टर तथा नारी साहित्य संस्था गुञ्जनको संयुक्त आयोजनामा मङ्गलबार विशेष काव्य वाचन कार्यक्रम आयोजना गरिएको थियो ।
गुञ्जन साहित्य संस्थाकी अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्व तथा वरिष्ठ साहित्यकार डा. बेञ्जु शर्माको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमका विशेष अतिथि डा. रामप्रसाद दाहाल र अतिथि प्राज्ञ लक्ष्मी माली थिए । सो कार्यक्रममा ४० जना नारीस्रष्टाहरूले काव्यिक उद्गार प्रकट गरेका थिए ।