काठमाडौँ, ९ फागुन २०७८
काठमाडौँ महानगरपालिका वडा नं. ४ ले नेपाली भाषा- साहित्यका फाँटमा उल्लेखनीय योगदान पुर्याउने यस वडाका स्थायी बसोवासी तीनजना स्रष्टाहरू क्रमशः नेपाल प्रज्ञा- प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि बैरागी काइँला तथा सोही प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिवद्वय आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम र आख्यानकार श्रीमती गीता केशरीलाई सम्मान गर्ने निर्णय गरेको छ ।
सम्मानस्वरूप जनही ५० हजार राशि र प्रमाणपत्र प्रदान गरिने वडा नं. ४ द्वारा प्रेषित विज्ञप्ति उल्लेख गरिएको छ । ‘विकास भन्नाले स्कुल, कलेज, अस्पताल, सञ्चार, पुल, बाटा, पार्क आदि भौतिक निर्माणका कुराहरू मात्र होइनन् । भाषा, साहित्य र संस्कृति पनि विकासका पूर्वाधार हुन् ।’ विज्ञप्तिमा भनिएको छ- ‘एउटा आदर्श समाजको स्थापना, सामाजिक चेतना अभिवृद्धिमा भाषा, साहित्य, कला, संस्कृति र स्रष्टाहरूको विशेष भूमिका रहेको हुन्छ । जसले भिन्ने रूपमा परिचालित गरेर देश र समाजलाई निरन्तर बाटो देखाइरहेको हुन्छन् ।’ यसैलाई दृष्टिगत गरी यस वडामा स्थायी बसोवास गर्ने कवि, लेखक, संस्कृतज्ञ, इतिहासकार, सङ्गीतकार र कलाकारहरूलाई यस सम्मानद्वारा सम्मानित गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
वरिष्ठ कवि बैरागी काइँला
डा. ध्रुवचन्द्र गौतम
श्रीमती गीता केशरी