• २०८१ असार १२ मङ्गलबार

गजल

मन्दिरा मधुश्री

मन्दिरा मधुश्री

आधाआधा दुवैलाई बराबरी पार्न पाए
खुसी फल्ने कल्पवृक्ष, हामीबीच सार्न पाए।

इतिहासले फेरि अर्को मुनामदन खोज्यो भने
अमर हाम्रा प्रेम कथा कागजमा उतार्न पाए।

न त रुन्थे हाम्रा रात न नै उड्थे मन कतै
यो दुरी वा मजबुरी सबै सँधै मार्न पाए ।

एकै पथ लक्ष उही शिखर पुग्थ्यौँ साथसाथै
दुई घाटका हामी माझी एउटै डुङ्गा तार्न पाए ।

अलिकति खेल खेली सानोतिनो झेल गरि
जानीजानी “मधु“सँग सारा बाजि हार्न पाए ।


मन्दिरा मधुश्री
[email protected]