• २०८१ माघ ११ शुक्रबार

गजल

विधान आचार्य

विधान आचार्य

यौटा कथा तिमीसितै शुरू गरेको हो
मोड अर्को आयो साथ फेर्नु परेको हो

चुहिएर आंग भिज्ने भए पछि यौटा
अर्को गाग्री खोजी मैले पानी भरेको हो

पहाडमा धेरै खोजें कोही पाइन मैले
साँच्चै हो म माया खोज्दै बेंशी झरेको हो

रूखा सुख्खा परालमा सधैं रोई बसें
हरा–भरा घाँस पाउंदा थोरै चरेको हो

विधानले धेरै हिंडयो बगरको बाटो
पारिपट्टी माया देखी खोला तरेको हो ।


सातदोबाटो , ललितपुर .।
[email protected]