• २०८१ बैशाख २६ बुधबार

कुफत

हिरनमयी आचार्य शर्मा

हिरनमयी आचार्य शर्मा

यो
हेर
बिमार
कुफतको
देख्दा त छैन !
केहिभए जस्तो !
भित्र खोक्रो पार्छ नि ।
हामी जस्तै रहेछ हो !
आफ्नो संस्कृति बिर्सिएर
अत्याधुनिक देखाउने झैँ
अरुको चैं साह्रै सुन्दर
होइन हाम्रो पनि छ !
पुर्खाको रगतले
लेखिएको पातो ।
सुनौलो भाषा
हाम्रै लेख !
नबनौ
रोगी
ल !


हिरनमयी आचार्य शर्मा
गुवाहाटी, असम
[email protected]