माया तिमीलाई सँधै मैले भरपुर गरेँ
तिमी नै भन मैले के नै कसुर गरेँ
मेरो मायामा तिमी आज लगाउँदैछौ आरोप
लौ भन कहिले के गर्न तिमीलाई मजबुर गरेँ ?।।
छुरा ले होइन व्यवहार ले पिठ्युमा हान्छन्
प्रेम एउटा सङ्ग जीवनसाथी अरू छान्छन्
मायालुको दोधारे चरित्र बुझ्न नै सकिन
सुनौलो सफर देखाएर बीच बाटो छाडि जान्छन् ।।
न हेर तिमी मलाइ उघ्रिएको छ मेरो चोलि
भेट्न मन छैन चौतारीमा बरू आउनु भोलि
कुन बेला तिम्रो मन बदलिन्छ छैन भरोसा
हानि हाल्छौ फेरि मलाइ मोहनिको गोली ।।
कसैको मुटु त ढुङाझैँ कठोर हुँदो रहेछ
अरूको पिर व्यथा ले पटक्कै नछुँदो रहेछ
धर्मात्माको नाटक गर्दै मठ मन्दिर खुब धाउँछन्
बहुरूपीलाई देखेर हेर्नेकै आँखा रुँदो रहेछ।।
कुनै दिन साहित्य सन्जालबाट म पनि हराउँछु
सबैको मन मस्तिष्कमा बस्न मिठा रचना सजाउँछु
पाठकको माया पाए सम्म त कोर्न मन लाग्छ नै
प्रयास रहनेछ साहित्य आकाशमा केहि ठाउँ बनाउँछु ।।
सुरेश वैद्य
[email protected]