• २०८१ असोज २८ सोमबार

राष्ट्र निर्माण धेय

“शुभा”

“शुभा”

म यो राष्ट्रको धेय
मनभरी सँधै जगाऊँ
हिमाल भरी फूलका
बोटहरूले नै सजाऊँ

काँगडा र किल्लामा
हराएका सिमानाहरू
खोजेर भेटेर खोसेर
फिर्ता गराई ल्याऊँ !!

छानेर एक बिरूवा
रजको नयाँ लगाई !
पराग पूष्पफूलको
गजले सँधै बजाई !

देशका हिमाल सुमधुर
धुनहरूबुन्न थालुन !
देशका सिमा भरि सँधै
ध्वजा नै फरफराउन् !!

म विकास रोपौँ अव
यो भूमिमा मेरो !
पीयूष धारा बनोस्
एक उज्यालो घेरो !

राष्ट्र निर्माण बनोस्
उद्देश्य मेरो हरपल !
सुखद बनोस नेपाली
जीवन फेरो पलपल

नेपाली शैल छहरा
गीत गुनगुनाउन् !
हिमालबाट बहदै
तराई खेत झरून !!

उन्नति होस हरपल
यही जन्म धराको !
नेपाली बस्ने समथर,
हिमाल र पाहाडको


“शुभा”
[email protected]