• २०७९ चैत १२ आइतबार

तगारो

करूणा श्रेष्ठ

करूणा श्रेष्ठ

कसैलाई त लाग्यो होला त्रासै मेटियो
यत्रतत्र अनुप्रासको सुशान्ती भेटियो ।
परिपक्वता अझै पनि बाँकी नै थियो
अमृत भनेर व्याधीमा विष मिलाइदियो ।

नत भेटघाट नै नत वारिस मिलन नै भयो
आधाबाँकी रहँदै जीवन उपल्लो छेउ रह्यो ।
बात लाग्ने हो कुन दिन उसकै तगारो भनेर
क्षणमै लग्यो मिति नपुर्याइ दिनमात्रै गनेर ।

सुशासन यै हो भ्रष्ट व्यभिचारी अहंकारी बन्ने
खै कैले हो कालैले पनि कुकृत्य र भ्रष्ट भन्ने ।
कर्म सबै उस्तै कालैले पनि सुविचार छान्ने
चुम्बक रहेछ उनैसँग सुमार्गका सबैलाई तान्ने ।

दिनानु दिन घोटाला हुँदैछ जन्म देखि मरणसम्म
बाँचेरै गर कवचको पालना अन्तिम चरणसम्म ।
पलाएन मनमा आशा हेर्दा हेर्दै आँखै दुख्यो
सदाबहार सुसभ्य हुँदा खै कता दैव पनि चुक्यो ।


करूणा श्रेष्ठ
[email protected]