दूधकोशी गाइरहन्छौ एक्लै एक्लै गीत,
मलाई पनि गाउन मन लाग्यो तिमीसित !
तिम्रो गीत भाग्यमानी पहराले सुन्छ,
कैले कहीँ हाँगा-हाँगा लहराले सुन्छ !
यतै-कतै हाँगा माथि बसाइँ सरूँ कि त ?
मलाई पनि गाउन मन लाग्यो तिमीसित !
दिदी एक्लै परेकी छन् भन्ने चाल पाइन्,
सोलु बैनी उताबाट हतारिँदै आइन्,
सँगै गायौ, सँगै नाच्यौ, छैन हार-जीत !
मलाई पनि गाउन मन लाग्यो तिमीसित !
भेट्न भनी आएकी छे मस्र्याङ्दीकी छोरी,
गाँसिएको रैछ प्यारो सम्बन्धको डोरी !
नाच्दै-नाच्दै, गाउँदै-गाउँदै लगायौ रे मीत,
मलाई पनि गाउन मन लाग्यो तिमीसित !
प्रभा भट्टराई आचार्य
[email protected]