असारे खेत
रमाइलो रोपाइँ
हाँस्यो जवानी ।
समुद्र पनि
तिर्खाको समस्याले
रूँदै छ आज ।
जवानी छँदा
कसैलाई गन्थिन
रोयो समय ।
हाँस्यो बगैंचा
भमराको भीडमा
नाच्दै छ फूल ।
तुवाँलो छायो
हुरीको नाच हुँदा
रूँदै छ मान्छे ।
उड्यो आकाश
धर्तीका परी लिई
गन्तव्य चुम्न ।
(डा. पथिक चर्चित साहित्यकार हुन् ।)
[email protected]