• २०८० मंसिर २० बुधबार

गजल

संगम अधिकारी

संगम अधिकारी

भएन मलाई अरूको आस, कहिल्यै भएन
त्यसैले त यो ज्यान निराश, कहिल्यै भएन ।।

बा- आमाले दिएको संस्कार, गतिलै भएर होला
अधर्म गर्ने मलाई साहास, कहिल्यै भएन ।।

मेरो बिचार लाइन बुझ्ने, मेरो भावना नबुझ्ने
ती बेइमानीलाई दिलमा बास, कहिल्यै भएन ।।

मैले चराबाट आकाशमा, उड्न सिकेको छु
त्यसैले यो शरीर कसैको दास, कहिल्यै भएन ।।


(संगम अधिकारी युवा कवि हुन् ।)
[email protected]