राम्बस कविता

अँध्यारो भान्सा
मौन थाल कचौरा
बन्दाबन्दीमा
मनको रस
कोरोनाले चुसेर
पहेँलो तन
चारा मागेर
“आमा आमा” बचेरा
बुझाउँ के ले ?
पेटमा हावा
कानमा झ्याउँकिरी
सित्तैमा गाना
हे ! हाम्रापुर्खा
हामीलाई देखेर
नझार्नु आँसु
paudel [email protected]