कविता-हिन्दी

टिपेर एक थुङ्गो गुराँस
सजाउनु छ मायालुको चुल्ठो
संगालेर जीवनका खुसीहरू
दिनु छ उपहार
भरेर फूलैफुलले लेखेको प्रेमपत्र !
उघाएर अञ्जुलीमा
प्रेमकाअसिमितचाहनाहरू
भर्नु छ अमृत हृदयको कलसमा
र पुर्याउनुछ नपोखिकन
प्रियाको आँगन
गरेर अभिषेक
पढ्दै अनुरागको स्वस्तिवाचन !
कहिले नयनका इसाराले
कहिले ओठमा फुलेका बेहिसाब मुस्कानले
नबोलिकनै गर्नु छ प्रेमिल संवाद
नखोलिकन चाहनाको दैलो
मेटनुछ प्रेमको प्यास !
जोडेर मुटसम्म मुटु
बाँधेर आँखादेखि सपना
बनाएर यात्रादेखि यौटै बाटो
हृदयको स्पन्दनले
लेख्नु छ अमर प्रेमको कहानी
सुम्पिँदै सपनाका रहरहरू
र बाँच्नु छ यौटायुग
समर्पणको आलिङ्गनमा ।
(घिमिरे चर्चित लेखक तथा साहित्यकार हुन् ।)
[email protected]