वसन्तवेला

यताझैँ,
त्यता नि- छ प्रेम
भन्ने भ्रम
अझै कतिन्जेल पाल्नु ?
भैगो जिन्दगी
छोडिदे उसको
मतलब गर्न जसले तेरो
कहिले मतलब गरिन !
हो,
ठ्याक्कै वर्ष बित्यो
यसरी मस्तिष्कले मनलाई
सम्झाउन थालेको पनि
बुझ्दैन या बुझ्नै खोज्दैन ?
जुन आफ्नो नै हैन
उसैलाई आफ्नो
ठानिरहन्छ !
हुन त
त्यस्तै जिद्दी हुँदो हो
सबको मन ।
(मालारानी– ३ अर्घाखाँची निवासी जिसी नवोदित स्रष्टा हुन् ।)
[email protected]