रमाएकै थिएँ
केही जोर लुगामा
थोरै भाँडाकुडा
र सानो कुकरसंग,
सानो कोठा, सानै संसारमा ।
यो महल फर्केर आएपछि
सोचीरहेछु,
यी ठूला–ठूला अचारका
लामवद्घ वोतल,
यतिविध्न भाँडा कुडाँ
यति ठूलो टेलिभिजन
पलङ, सोफा यावत
किन चाहियो ?
राम्रै खाएकी थिएँ, लाएकी थिएँ
विल्कुल फुर्सद थिएन !
यो फराकिलो गलैचा
चिल्लो भूइ, यी भब्यता
धूलोले पुरिएका
यी तमाम भौतिकता
किन चाहियो ?
यो वडेमानको वगैंचा
लाइनमा राखिएका रंगी–चंगी गमला
झारले पुरिएका, यी तमाम सुन्दरता
किन चाहियो ?
घर त मन मिलेर वस्नुमा रहेछ
जीवन त वहनुमा रहेछ
आफ्नासंग रम्नुुमा रहेछ
यावत वस्तु, चीजवीजका चाङ
केवल, अल्झाउने दम्भ हो रहेछन्
घर त मान्छे र मन संगसंगै चल्नु हो रहेछ ।
………………………………………..
(दाहाल विज्ञान विषयकी प्राध्यापक हुन्)
[email protected]