• २०८१ असोज २४ बिहीबार

प्रतिबन्ध !

किशन पौडेल

किशन पौडेल

समय …
अछुतो रङहरू दलेर
मुखौटो लगाएर मौन छ
कर्मठ,
कर्मशील हातहरूमा
प्रतिबन्धका
हतकडीहरू बाँधिएका छन् ।

एउटा अँध्यारो कोठामा
भविष्यका कर्णाधारहरू
टुकीको उज्यालोमा
सुदूर भविष्य खोज्दैछन् ।

अनवरत
सयौँ माइलका यात्राहरूबाट
थकित फाटेका जुत्ताको कापबाट
औँलाहरूले चियाएर
गन्तव्य नियालिरहेछ ।

अज्ञात कहरको
नजरबन्दमा
सम्बन्धहरूबाट
आइसोलेटेड भएर
आतङ्कित समय
मुखौटो लगाएर मौन छ !
……………………………………………………………………………………………………………….
(हेटौडा निवासी पौडेल विगत तीन दशकदेखि कविताका विविध विधामा कलम चलाउँदै आएका स्रष्टा हुन् )
[email protected]