• २०८१ कातिर्क २१ बुधबार

तीन कविता

कणाद महर्षि

कणाद महर्षि

 

१. जन्मभूमि
बुबाको लँगौटी
टोपी बनोस्
आमाको पेटीकोट
कात्रो बनोस्
तर
चन्द्र सूर्य…
जगमगाएको/मगमगाएको/फरफराएको
मेरो जन्मभूमि
नेपाल !
सधैँ रहिरहोस् ।

२. शोकार्जन
पानीबाट हाम्फालेर
माटोमा पौडी खेल !
सूर्यमा सुतेर
चन्द्रमामा घाम ताप !

तिमी यस्तै सोचिराख !

मचाहिँ
श्रम उछिट्ट्याएर
भोक, रोग, शोक
आर्जन गरिरहन्छु है !

३. भोकले…
मुखमा पट्टी लागेको छ,
ढोकामा आग्लो
के गर्नु !
भोकले बन्द नभन्दो रहेछ
पु-याइहाल्यो चितामा
र बाल्यो आगो ।

(कणाद स्थापित कवि हुन्)