• २०८० मंसिर १३ बुधबार

संवाद सालघारीसँग

पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी

हजारौँ झ्याउँकीरीका समवेत स्वर
गुञ्जिरहेका छन्
-याइँ-याइँ-याइँ-याइँ
हजारौँन्याउली रोइरहेछन् समवेत
न्याऊन्याऊ न्याऊन्याऊ
हजारौँ सारङ्गी बजेझैँ तीव्र झङ्कार
माउरी, अरिङ्गाल, बारुला र डाठको आवाजसँग मिसिएर
सिम्फोनीअर्केस्ट्राझैँ
समवेत गहिरो आलाप र तराना
मेरा कानले ग्रहण गर्छन्

जेठको सालघारीमा
जङ्गली रुखकाकलिलामुना
जडीबुटी, विषफूलको मादकगन्ध
खर, काँस र घाँसका टुसाको
गर्मीसँग मिसिएको अग्र्यानिक
ककटेलगन्ध
गरमहावासँग मिसिएर
मेरा नाक,आँखा, जिब्रो र छालामा आइपुगेको छ
मादकबास्ना
पसिनाले भिजेको शरीर
र ग्याँसचेम्बरजस्तो
अचलहावाको साम्राज्यमा
व्याप्तगर्मीमा
मभोगिरहेछु
नीरव शान्ति
र कोलाहलमा समाधिस्थ
एउटा ध्यानमुद्रा

खोरुङ्गाखोलामापौडी खेलेर
घरतिर जाने क्रममा
भर्खरै जङ्गलतिर फर्केको
थकितथकितगोठालाका कानमा
गुञ्जँदैछअहिले
लैबरी, हाकपारे र पालमको तराना
मिसिएर चरा, जन्तु, कीरा, फट्याङ्ग्राको आवाज
जङ्गल, सालघारी, खोरुङ्गाखोला
र मध्यान्हमागुम्सिएको हावामा
रुमल्लिएको ताप, गन्ध र आवाजको साम्राज्य
अनिशान्ति, कोलाहाल र आलापको हाकपारो

सालघारीसँग मिसिएका छन्
भ्रम, विश्वास र त्रासका
अनेक गाथा
अनि वनमान्छेकाकथा

खोलाखेतको डल्ले भूत
मायालु र निष्ठुर समयका
विभ्रम–स्मृति
अर्थ र बेअर्थका
सनातनदेखि चलेका
मूर्खता र विद्वताका
तर सबैले माने पनिनमाने पनि
सुन्दै ल्याएकाहजारौँहजार
कानेखुसीहरू

मेरो नाभी गाडिएको यस ठाउँमा
अभावैअभाव छन्
दुःखैदुःख छन्
हल्ला छ बेअर्थको
शान्ति छ कोलाहालबाट सिर्जित
तर तृप्तछु म र मेरो समय
वेअर्थमै अर्थ भेटेर

म र मेरो बस्तीका मान्छेहरूको
संवाद हुन्छ निरन्तर
माटो, रुख, चट्टान, हावा, गर्मी
र हजारौँ पाउन्डको साउन्डसिस्टमभन्दा शक्तिशाली
आलाप, तराना, लोक मिठास र कोलाहालसँग

सुनसान सालघारीमा
रहस्यमय स¥याकसुरुक
रहस्यमय सन्नाटा
र पूरै वायुमण्डलमा व्याप्तकोलाहलमा
जीवनको गहिरो जिजीविषा हुर्काएर
जीवनकागहिरा मन्त्रहरू सुनेर
बेअर्थका अर्थहरूको अस्तित्वबचाएर
गढी डाँडो, देउराली डाँडो
तमोरनदीको सुदूर भन्ज्याङ
र म्यानछ्यायाम ढापको
चार किल्लाबाँधेर
निरन्तर
मेरो संवाद हुन्छ
निर्दोष मनहरूसँग

मेरो संवाद हुन्छ
सालघारीसँग ।

सुवेदी लामो समयदेखि कविता विधामा कलम चलाउदै आएका कवि हुन् । हालसम्म उनका तीनवटा कवितासङ्ग्रह र एउटा समालोचना कृतिहरू प्रकाशित छन् ।

[email protected]