समाचार

केही केही दिएर गयो
धेरै -धेरै लिएर गयो
जीवनमा यौटा वसन्त थपेर
यौटा वसन्त लिएर गयो
एक वर्षमा बितेर
अर्कों नयाँ वर्ष दिएर गयो
यौटा वसन्त लिएर गयो !
दिन हप्ता र महिना हुँदै
दुःख सुखमा बगेर
फेरि आफ्नो गर्भभित्र
दुःखसुखका साँझबिहान
आँसुहाँसोका पलक्षण ग
पंक्तिबद्ध बनाएर
स्मृतिमा बसेर ऊ बिदा भयो
यौटा वसन्त लिएर गयो !
वैरभाव सब नास हुन्
विस्तार पाओस् प्रेमले
सुख र समृद्धिले पाउ टेकून्
मुस्कान हाँसोस् ओठले !
आँखा-आँखामा सपना बाँचोस्
जीवन सबैको उत्त्सवमय बनोस्
तीतामीठा सम्झनाको आँगन पारी
जीवन संगीतमय, प्रेममय बनोस् !
नववर्षको हार्दिक शुभकामना !!