• २०८१ माघ २७ आइतबार

सन्तुष्टि

विधान आचार्य

विधान आचार्य

बन्द नहुँदा रोग फैलिने डर भएकाले सरकारको आदेशले गाउँ र सहर पूरै बन्द थिए। चोक गल्ली र बाटाघाटा सुनसान थिए। प्रहरीहरू तैनाथ थिए, कसैले बन्दाबन्दी उल्लङ्घन गरेर निस्किए नयाँ कानुनका मातहतमा तिनलाई पक्रने आदेश थियो। रोग सर्ला भन्ने डरले आवश्यक काममा निस्कने गाडीमा पनि खाँदाखाँद नगर्न सूचना गरिएको थियो।

यस चोकमा आज पालो परेको आफ्नो चौकीबाट झन्डै तीन किलोमिटर हिँडेर आएका प्रहरी दिउसोको खाजा पनि खान नपाएर बेहाल थिए। खानेकुराका पसल पनि दिउसोको समयमा बन्द थिए। सबै सुनसान थियो।

यस्तोमा एउटा कार सडकमा आएको देखियो। चोकमा तैनाथ प्रहरीले लौरो उठाउँदै कारलाई रोक्न आदेश दिए। कार रोकियो र झ्याल आधा खोलियो। मास्क लगाएका चालक एक जना मात्र गाडीमा थिए। ूकिन निस्केकोरुू सोधे प्रहरीले। उत्तर दिनुको साटो चालक भने गाडीको खोपामा केही खोज्न लागे, प्रहरीलाई स्वाभाविक रिस उठ्यो, र लौराले गाडीमा हिर्काए। त्यत्तिकैमा चालकले एउटा कागज निकालेर देखाए। त्यो उनको घर नगिचैको प्रहरी कार्यालयको कुनै हाकिमको सही भएको अस्पतालसम्म जाने आउने अस्थायी पास थियो।

ूए १ हाम्रै सेकेन हाकिम साुबले पो दिनुभा रैुछू ( प्रहरीले कागत हेरिञ्जेल पनि उनलाई सास फेर्न गाहारोजस्तो देखियो । प्रहरीले कागत फिर्ता दिए र लौरोले अगाडिको सिसामा देखाउंदै भने ( ूह्याँ टाँस्न पर्दैनरु अनि बिरामी खै तू चालकले आफैलाई देखाएर मुन्टो हल्लाए, झ्यालबाटै टाउको निकालेर अघि प्रहरीले लौराले हिर्काउँदा फुटेको बायाँपट्टि बिचमा हुने साइडलाइट र गाडीको बडीमा थोरै चोइटिएको दाग हेरे। नबोली अघि बढे।

उनलाई सास फेर्न गाह्रो भएको थियो, बन्दाबन्दी भनेर सम्पर्क गरेपछि मात्र आउने डाक्टरलाई कुर्दाकुर्दा अल्लि ढिलै भयो। डाक्टरले अस्पतालमै आधा घण्टा अक्सिजन लिन लगाए, शान्त भयो। ूकम्तीमा सातामा तीनपटक अक्सिजन लिनुभयो भने फोक्सो स्वस्थ रहन मद्दत पुग्छू ( डाक्टरको सुझाव आयो( ूपैले लिने गरेको पफ अब दिनको दुवै पटक नबिराई लिनुहोला। हेर्नुस्, एकजना बिरामीका लागि उहाँदेखि आउनुपर्छ।ू डाक्टरले आफ्नो उदारता देखाए।

काउन्टरमा बिल तिर्नेबेला उनलाई लाग्यो प्रत्येक साता तीनतीन पालि यस्तो जात्रा गरेर अस्पताल आइराख्नुका सट्टामा चाहिएका बेला प्रयोग गर्न एउटा सानो सिलिन्डर घरै राख्दा हुने हो। अघि अक्सिजन लिनमा मद्दत गर्ने सम्बन्धित कर्मचारीसित भेटे ूभै हाल्छ नि, अस्पतालबाट दिने गरेको त छैन, यी यहीँका बिरामीका लागि हुन्, अघि तपाइँलाई परेनरु त्यस्तो इमर्जेन्सी त कति कति, अनि आई। सी। यु। भयो, अपरेसन भयो, बच्चा र महिला वार्डमा त छोड्नै भएन । तर तपाईँलाई चाहिएकै हो भने ।‘ू कुरा चपाउँदै त्यो कर्मचारीले इसाराले बोलाएर उनलाई भित्रको कोठामा लग्यो। त्यहाँसम्म ल्याउने गाडीभाडा र उसले उनलाई गरेको कृपाशुल्क बुझाएर चोर बाटोबाट उसैले ल्याइदिएको ससानो सिलिन्डर आफ्नो गाडीमा खुसुक्क हाले, एकमुष्ट उसलाई रकम बुझाए।

फर्केर आउँदा यदि पसल खुलेका रहेछन् भने यीयी समान पनि लिएर आउनुहोला भन्ने घरमालिक्नीको सूची गोजीको गोजी नै घर पुग्ने भयो। भएको पैसा सकिएको थियो। पछाडिको सिटमा सिलिन्डर र अगाडिको अर्को सिटमा अक्सिजन लगाउन आवश्यक पर्ने पाइप र विशेष मास्क आदिका तन्द्राङ्गतुन्द्रुङ्ग राखेर उनी घरतिर लागे।

साँझसाँझ हुन लागेको थियो। सडकमा कोहीकोही फाट्टफुट्ट निस्केका देखिए। प्रहरीहरू हकार्दै थिए। मानिस दौडिदै पनि थिए। कतिलाई व्यथा थियो, कतिका लागि रमाइलो। मास्क लगाएर खाली सडकमा फुटबल लिएर निस्केका केटाहरू पनि देखिए। कसैका हातमा क्रिकेट ब्याट र बल पनि थिए। के गरेका होलान् रु यो कुनै दलको बन्द हडताल हो र साँझ पर्नासाथ खुल्ने रु उनलाई रिस उठ्यो। गाडी रोकेर निस्केर टाढैबाट कराए।

ूअङ्कल, अब पुलिस गैसक्यो। के पो हुन्छ ररु तपाईँ नि त हिड्नु भा छ नि।ू ( एउटा केटाले, प्रश्नको उत्तर, जिज्ञासा र उनीप्रतिको व्यङ्ग्य सबै एकैचोटि उनीमाथि खन्यायो। ूहेर बाबु हो, यो बन्दाबदी र घरबास पुलिसका लागि हैन। हाम्रो आफ्नै लागि हो। तिमीले सडकमा अरू साथीबाट सारेर रोग लग्यौ भने घरमा भएका हजुरबा, हजुरआमादेखि तिम्रा बाबा, आमा, दाजुभाइ र दिदीबहिनी सबै सोत्तर हुन सक्छन्। बलियो भएकाले तिमीलाई केही नहोला। तिमीले सारेका कारण अरू ढले भने तिमी एक्लैले के गर्न सक्छौरुू उनको भाषणलाई केटाहरूले कसरी लिए कुन्नि, तर तितरबितर भए। उनलाई ठूलो काम गरेजस्तो सन्तोष लाग्यो।

त्यसपछि साँझ झमक्क भयो, सडकमा बत्ती भने बलेका थिएनन्। ूशायद बिजुली गएको हुनुपर्छू ( उनले सोचे। अँध्यारै भने भैसकेको थिएन, तर मनग्गे उजेलो पनि थिएन। गाडीमा सानो मधुरो पार्किङ् लाइट बालेर उनी अघि बढेकाथिए । पछाडिबाट कुनै गाडी आएको देखेर थकित तरिकाले सडकमै हिडिरहेको कुनै व्यक्तिले लिफ्ट लिने मनसायले हातको इसारा दियो। नगिच गएर हेरेका, उनलाई दिउसोपख आउँदा रोक्ने प्रहरी भाइ रहेछन् । उनले गाडी रोके। प्रहरी भाइले हेरे, दुवैले दुवैलाईचिने। प्रहरी केही बोलेनन्।
उनले भित्रबाटै साइडको ढोका खोलिदिए। सिटमा भएका तन्द्राङ्गतुन्द्रुङ्ग उठाएर पछाडिको सिटमा राख्न खोजे, सिटभरि लमतन्न परेर त अक्सिजनको सिलिन्डर सुतेको थियो। साइज गाडीको सिटसित मिल्दो थियो, खासै ठाउँ उब्रेको थिएन। उनले प्रहरी भाइलाई गाडीको खोपाबाट झिकेर स्यानिटाइजर दिए, उनले लगाए।

ती सबै सिटका सामान आफूले लिए, प्रहरीलाई सिटमा बस्न भने र उनी बस्नासाथ आफ्ना सामान उनका काखमा राख्न दिएर गाडी चलाए। चोकमा पुगेपछि गाडी प्रहरी कार्यालयतिर मोडे। प्रहरी भाइको मनमा शङ्का भयो ( कतै हाकिम साबलाई उजुर गरिदियो भने बित्थामा झमेलामा परिन्छ। ूसर, भैगो, म यहीँ झर्छु, यति ल्याइदिनु भयो, धन्यवाद।ू तर बोल्दानबोल्दै नगिचको प्रहरी कार्यालय आइसकेको थियो। ढोकैमा रोकिदिए। धन्यवाद भनेर ती सामान सिटमै राखी प्रहरी कारबाट अमिलो मुख गरेर निस्के र भने ( ूसर माफ गर्नुहोला, कैलेकैले नसोचेको हुन्छ, म पनि दिनभरिको थकानले तनावमा थिएूँ।उनले गाडीबाट बाहिर निस्केर पल्लोपट्टि गई फुटेको भाग सुम्सुम्याए। प्रहरी झन् डराए। ूठीक छ भाइ, म पनि बुझ्छु। आयन्दा अरूलाई विचार राख्नुहोला।ू

भित्रबाटसाँझको गस्तीमा निस्कन लागेको प्रहरी टोलीसित उनको जम्का भेट भयो। गाडी घुमाउनु पर्थ्यो, त्यस कारणले निस्कन लागेको प्रहरीको गाडी केही पर्खिनुपर्ने भयो। त्यस गाडीको चर्को उज्यालो उनको अनुहारमा पर्‍यो। आँखा छोप्दै, गाडी घुमाउन खोज्दै थिए, गाडीबाट निस्केर प्रहरीको हाकिम नै सरासर आए। उनलाई एक मन लाग्यो, ुयहाँ सम्म नआएर अल्लि उतै नगिचै उसलाई छोडी दिएको भए पनि हुन्थ्यो कि१ु

उमेरले होला, गाडी पनि दुईतीन चोटि अघिपछि गरेर बल्ल घुम्यो। सास फुल्यो, पसिना आयो। प्रहरीको हाकिम उनको गाडीको ढोकामा आए। सरासर आफूतिरै तोकिएर वडा कार्यालयको हाकिमै आएपछि भागेजस्तो गरेर हिड्ने कुरा पनि भएन। अघिको प्रहरी भाइ पनि छेउमा आएर उभिए।

अचानक प्रहरी हाकिम उनीतिर सम्बोधन गरेर बोले ूसर १ नमस्कार १ू चिनेको स्वर। उनी गाडीबाट निस्के। सामुन्ने कलेजमा पढाउँदा उनको प्रिय विद्यार्थी जगदीश हात जोडेर उभिएको थिए। आँखाभरि आँसु गरेर जगदीश बोले ( ूसरसित भेट्न कति प्रयत्न गरेँ, पुरानो फोनमा सम्पर्क भएन, क्याम्पसमा सोधेको पनि सरुवा हुनु भो भन्ने जवाफ पाएँ, तर यता यै टोलमा घर छ भन्ने सूचनासम्म पाएको थिएँ। यहाँ सरुवा भएको पाँच दिन मात्र भयो । आज मेरो सौभाग्य, सरसित भेट्न पाएँ।ू आफ्ना अघिल्तिर हात जोड्दै भावुक भएको जगदीशका दुवै कुममा हात राखेर उनले प्रहरीका फुलीगर्व र खुसीले छामे ।

अघि सँगै लिई आएका र अहिले भयभीत भएका प्रहरीलाई सङ्केत गर्दै जगदीशलाई भने –ूयस भेटको श्रेय यी भाइलाई जान्छ, तिमी यहाँ भइन्जेल यिनको विशेष ध्यान राख्नू ।ू
घर पुग्दा सूचीचाहिँ यथावत् थियो, तर खल्ती खाली भइसकेको थियो । गाडी राखेर घन्टी बजाउनासाथ ढोका खोल्न आएकी पत्नीले सोधिन् –ूसरसामान के ल्याउनु भयो त रुू उनले भित्रपस्दै उत्तर दिए –ूसन्तुष्टिू ।