• २०८१ पौष २९ सोमबार

लकडाउन

प्रतीक ढकाल

प्रतीक ढकाल

उडिरहेको चराको अकस्मातै
पखेटा काटियो भने के हुन्छ ?
आकाशमै भएको विमानको
इन्जिन फेल भयो भने के हुन्छ ?
तीब्र गतिको बुलेट रेलमा
हठात् ब्रेक लगाए के हुन्छ ?
बहिरहेको बतास नै कतै
टक्क रोकियो भने के हुन्छ ?

त्यस्तै भएको छ
आफूलाई शक्तिशाली भन्ने
मान्छेको नियति पनि आज,
आफ्नै घरको दैलोअगाडि नै
विकराल कालभन्दा खतरनाक
मृत्यु ठिङ्ग उभिएको
देखियो भने के हुन्छ ?

धरती त यही नै हो,
सिङ्गो प्रकृति पनि यही नै हो,
तर
कहिले भुइँचालो पठाउँछ
र, भन्छ स्
बाहिर भाग् ,
घरभित्र बस्दै नबस्
तेरालागि
आफ्नै घर जति असुरक्षित
अरु कुनै स्थान हुनै सक्तैनस
कहिले कोरोना पठाउँछ
र, भन्छ स्
घरभित्रै बस्
र दानापानी ग्रहण गरेर
अनुभव गर्दै बाँच्
ब्रोइलर कुखुराको जिन्दगी,
बाहिरको हावामा त
जहर मिसिएको छ,
हजारौं अनपेक्षित मृत्युको
कहर मिसिएको छ
तेरो जिन्दगीको
यो उज्यालोमा पनि
मृत्युको प्रहर मिसिएको छ

बसिरहूँ
पापी पेटले मान्दैन,
कतै जाऊँ
कोरोनाले छान्दैन….

यही द्विबिधाकै अँध्यारोमा
मान्छे भयभीत भएको छ,
ढोका त खोल्नै भएको छैन
बाहिर त विकराल
मृत्यु ठिङ्ग उभिएको छ …..