ऋषी बरालका पाँच मुक्तकहरू - Aksharang
  • २०७९ जेठ ८ आइतबार

ऋषी बरालका पाँच मुक्तकहरू

ऋषि बराल

ऋषि बराल

आएको होइन एक्लै भवसागर तर्छु भनेर
साथ देऊ भन्दै छु त्यसैले केही गर्छु भनेर
बाँच्छु र बचाउँछु भन्दै बिर्सन्छु काल पनि
जोगाउँछु फेरि किन जिजीविषा मर्छु भनेर

भन्छन गयो जमाना मानापाथिको
भर कत्ति छैन आफ्नै मित्र साथीको
मरीमेटी ल्याएको गणतन्त्रमा पनि
भन्दै बजाउँछ लाठी आदेश माथिको ।

भोकमा न हलुवा न खुवा पाइयो
तासमा न एक्का न दुवा पाइयो
दाउँदा दाउँदै खेतको गोरू भागेपछि
नार्ने न हलो न जुवा पाइयो ।

कहाँ भने मलाई तपाईंको शहर दिनुस् ?
भनेंहोला बरू मनभित्रको भर दिनुस्
धड्कन सुनी बुझ बरू माया छ कि छैन
कहाँ भने आँफै सकिने जहर दिनुस् ?

दशैँको टिका जमरा पिङ बिरानो हुँदैछ
पोहोर साल सिएको लुगा पुरानो हुँदैछ
कति खुशी उमंगको संसार थियो ठूलो
खुम्चिए खुशी आज भोलि सानो हुँदैछ ।


ऋषि बराल, पोखरा
rishibaral@gmail.com