कोरोनाको कहर - Aksharang
  • २०७८ कातिर्क १० बुधबार

कोरोनाको कहर

नीता गुरूंग

नीता गुरूंग

लौ फेरि बरसियो
कोरोनाको कहर
स्तब्ध भए…
हाटबाजार र सारा शहर ।
कस्तो भयाभव
अदृश्य महामारी
रोग आएछ ।
विश्व सारा ध्वस्त पार्ने
कस्तो विजोग छाएछ ।
छैन पहिले जस्तो
चहलपहल यहाकक
चारै तिर फैलिएको छ
अदृश्य रोगको छाककया ।
मानवको ललाटमा
चिन्तनको घेरा ।
दिनदिनै बनाउन थाल्यो
मृत्युले डेरा ।
फर्केर आयो फेरि…
त्यही लाचारी विवशता
कति गर्दा नि
सुधरेन मानव प्राणीको
अवस्था…!!
आयको साधन ठप परेछ
मूल्य वृद्धिले
मानव शरीर को
कम्मर तोड़ेछ ।
पर्यावरण विशाक्त भएकोछ ।
अदृश्यरूपि रोग जरा गाडी बसेकोछ ।
गतबर्षको दूर्दशालाई सम्झी
मानिसहरू सचेत हुनथाले ।
लाकककडाउनको फेलानपरुकक भनि
पलायन गर्न थाले ।
अस्त्र–शस्त्र बिना निरन्तर
युद्ध यो जारी नै छ ।
समस्त संसारमा
विचरण गर्दै
यही महामारी छ ।
वेक्सिनेशनले नि केही काम गरेन
अदृश्य भन्ने शत्रु मरेन ।
प्राणीले के चाककहिउपाय गरेन
पेरिस पनि महामारीले पिछा छोड़ेन ।
लाग्दछ अबको शेष जीवन
यसै भयाभवमा बित्नेछ ।
यही संक्रामणको अग्निमा
विश्व सारा मास्सिनेछ ।


नीता गुरूंग (भाटिया) गुवाहाटी, असम, भारत
neetagurung59@gmail.com