• २०८१ बैशाख ७ शुक्रबार

मभित्र

तीर्थ श्रेष्ठ

तीर्थ श्रेष्ठ

म भित्रै छ
महान समुद्र
महान आकास
गंगा, अमेजन र नाइलहरू
थुप्रै छन आवेग जस्ता तर सुविचारित
जलप्रपातहरू
खाटा बसेका र आलै ज्वालामुखीहरू
पहाडहरू पनि छन म भित्रै

अनेकौं बाटाहरू छन्
तिनले सिर्जना गरेका अन्योलहरू पनि छन्
तिनले तय गरेका मैले थाहा नपाएका गन्तव्यहरू पनि छन्
म भित्रै छ सिंगो ब्रह्माण्ड
अगणित ताराहरू
अनेकौं घाम र जूनहरू

खै कहिले पस्ने हो म भित्र म ?


(श्रेष्ठ स्थापित कवि तथा साहित्यकार हुन् ।)
[email protected]