• २०८१ बैशाख ८ शनिवार

सिर्जना

असल चरित्र

असल चरित्र

कसैको नजरमा
थियौ सिर्जना- सृष्टिले फुर्सदमा रचेको
कसैको नजरमा
थियौ सिर्जना- नारीसुलभ कोख र वात्सल्यको
र कसैको नजरमा
थियौ सिर्जना- फगत नशा, हाड, रगत
र मांशपिण्डहरूको अवर्णनीय आकारको ।

तर मेरो नजरमा
तिमी यस्तो सिर्जना भयौ-
जस्तो कि, तिमीलाई देख्नासाथ
डुबिदिएँ भावनामा
र लेखिदिएँ यो कविता
अब आफैँ भन न
के कसैलाई देख्दैमा लेख्न सकिन्छ कविता ?
के कसैको मुहारमा सिर्जित हुन्छ र कविता ??


(साझाबस्ती, खोटाङनिवासी चरित्र नवोदित कवि हुन् ।)
[email protected]